UW–Madison ले केही कर्मचारीहरूको लागि COVID-19 को खोप लगाउन सजिलो तरिका प्रदान गर्ने

PDF

आज UW–Madison मा प्रकाशित एक समाचारले तपाईंको COVID-19 खोपहरू लगाउने समय बनाउन लागि नयाँ प्रक्रियाको वर्णन गर्दछ । तपाईंले त्यो समाचार यहाँ भेट्न सक्नुहुन्छ: https://news.wisc.edu/new-process-to-check-on-covid-19-vaccine-eligibility-and-schedule-appointments-at-uhs/

यस प्रक्रियाको लागि तपाईंले University Health Services मार्फत एउटा वेबसाईटमा लग-ईन गर्न आवश्यक छ । MyUHS भनिने वेबसाईटमा, तपाईंलाई आफ्नो खोप लगाउने समय बनाउनु अघि केही प्रश्नहरू सोधिनेछ । वेबसाईटको लिङ्क यहाँ छ: go.wisc.edu/myuhscovidvax

UW–Madison का सबै कर्मचारीहरूले COVID-19 को खोप लगाउनका लागि आफ्नो समय बनाउन MyUHS प्रयोग गर्न सक्दछन् । त्यहीपनि, वेबसाईट चलाउन गाह्रो भएका कर्मचारीहरू, जसमा अङ्ग्रेजी आफ्नो पहिलो भाषा नभएका व्यक्तिहरू छन्, उनीहरूलाई चाँडै नै खोप लगाउनका लागि सजिलो तरिका प्रदान गरिनेछ । अर्को हप्तासम्म UW–Madison ले थप जानकारी प्रदान गर्नेछ ।

यसमा दोस्रो र तेस्रो शिफ्टका कर्मचारीहरूका लागि विशेष COVID-19 क्लिनिकहरू समावेश छन् । यो क्याम्पसमा तपाईंले फ्लूको खोप लगाएको जस्तै हुनेछ । भाषा समर्थन प्रदान गरिनेछ ।

University Health Services ले पहिलो शिफ्टको समयमा Nicholas Recreation Center मा कर्मचारीहरूका लागि COVID-19 को खोप लगाउन सजिलो पनि बनाउँदै छ । यो वेबसाईटमा समस्या भएको जो कोहीलाई र अङ्ग्रेजी भाषा सिक्नेहरूको लागि एउटा विकल्प हुनेछ । खोपका लागि योग्य कर्मचारी र विद्यार्थीहरूले मात्र यो विकल्प प्रयोग गर्न सक्नेछन् ।

कृपया थप जानकारीका लागि कुर्नुहोला । योग्य विद्यार्थीहरू र कर्मचारीहरूले COVID-19 को खोप क्याम्पस बाहिर, जस्तै कि स्वास्थ्य सेवा प्रदायक वा फार्मेसी मार्फत, पनि लगाउन सक्नेछन् ।

यदि तपाईंले क्याम्पस बाहिर खोप पाउनुभयो भने तपाईंले आफ्नो खोपको रेकर्ड University Health Services लाई प्रदान गर्न सक्नुहुन्छ । कृपया निर्देशनको लागि यो लिङ्क हेर्नुहोला: https://covidresponse.wisc.edu/faq/i-was-vaccinated-off-campus-how-do-i-let-uhs-know/, 608-262-7777 मा COVID सहायता लाईनमा फोन गर्नुहोला, वा यदि भाषाको सहायता आवश्यक भएमा सांस्कृतिक भाषागत सेवामा (Cultural Linguistic Services) सम्पर्क गर्नुहोला:

ESPAÑOL / SPANISH:        (608) 265-0838

HMOOB / HMONG:            (608) 263-2217

བོད་ཡིག / TIBETAN:                 (608) 890-2545

中文 / CHINESE:                  (608) 890-2628

नेपाली / NEPALI:                    (608) 262-7521