नमूनाको लागि 1 देखि 5 मिलिलिटर थुक वा राल जम्मा पार्ने प्रयास गर्नुहोस् । परीक्षण स्थलमा दिइएको निर्देशन पालना गर्नुहोस् । नमूना संकलन ट्यूबमा मिलिलिटर संकेत दिइएको हुन्छ ।
यदि तपाईंको शरीरमा पानीको मात्रा प्रशस्त छ भने, नमूना जम्मा पार्न गाह्रो हुने छैन ।
नमूना संकलनको 60 मिनेट पहिले केही नपिउनुहोस्, तर त्यो भन्दा पहिल्यै प्रशस्त पानी पिउनुहोस् ।
जब तपाईं परीक्षणको लागि जान थाल्नु हुन्छ, त्यो बेला देखि नै मुखमा थुक जम्मा गर्नुहोस् ।
जाँच गर्ने समयमा चैँ,
मलाई असाध्यै मन पर्ने खानेकुराको समझना गर्नुहोस् ।
गीजालाई बिस्तारै मालिस गर्नुहोस् ।
नमूना संकलन गर्न दिइएको ट्यूबमा तोकेको भन्दा धेरै थुक वा राल नभर्नु होस् ।
यदि दिइएको ट्यूबमा तोके भन्दा बढी भरिएमा अर्को ट्यूब माग्नुहोस् र चाहिने जति मात्र जम्मा गर्नुहोस्।