यदि तपाईंको यी मध्ये कुनै पनि नतिजा देखाएमा, तपाईंले अर्को परीक्षण गर्नै पर्दछ । जबसम्म तपाईंको मान्य परीक्षण नतिजा देखिँदैन, तबसम्म तपाईंको Badger Badge ले सहि सूचना देखाउँदैन ।
“अमान्य (invalid)”, “अनिर्णित (inconclusive)”, वा “अस्वीकृत (rejected)” परीक्षण भनेको तपाईंको थुक वा रालको संकलित नमूनाले काम गरेन । तपाईंले दिनुभएको नमूना अति थोरै, वा धेरै भएमा, वा नमूनामा प्रदूषण भएमा अथवा रंग परिवर्तन भएमा पनि यस्तो हुन सक्छ ।
यदि तपाईंले नमूना दिँदा 1 घण्टा भित्रमा केही खानु वा पिउनु भएको, दाँत सफा गरेको, मुख कुल्ला गर्ने झोल प्रयोग गरेको, धूम्रपान वा च्युगम चपाएको अवस्थामा थुक वा रालको नमूना प्रदूषित हुन सक्छ ।
थुकको सहि नमूना दिनको लागि तपाईंको परीक्षणको 1 घण्टा भित्रमा निम्न काम नगर्नुहोस्:
- खाना खाने ।
- पिउने (पानी पनि) ।
- च्युगम चपाउने ।
- दाँत मोल्ने वा माउथवासले कुल्ला गर्ने ।
- धूम्रपान गर्ने वा सूर्ति चपाउने ।
नमूना दिने 1 घण्टाको समय भित्र पानी पनि नपिउनुहोस्, 1 घण्टा पहिल्यै प्रशस्त पिउनुहोस् र 60 मिनेट अगाडि नै पानीले राम्रो सँग मुख कुल्ला गर्नुहोस् । यदि तपाईंको शरीरमा प्रशस्त पानीको मात्रा भएमा थुक वा रालको नमूना उत्तम हुनेछ ।
उदाहरणको लागि:
यदि नमूना संकलन समय दिउँसो 1 बजेको छ भने बिहान प्रशस्त पानी पिउनुहोस् र 12 बजे भन्दा अगाडि नै राम्रो सँग मुख कुल्ला गरेर 12 बजे पछि केही पनि खाने, पिउने, वा चबाउने नगर्नुहोस् ।
यदि तपाईंको नाकबाट नमूना लिइने हो भने, अपोईन्टमेन्टमा भनिएका निर्देशन पालना गर्नुहोस् ।