यदि तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमता भएमा क्याम्पसमा नमूना संकलन/परीक्षण गर्न कठीन हुन सक्छ, यस्तो अवस्थामा तपाईं सहायताको लागि आवेदन गर्न सक्नु हुन्छ । यस्तो अवस्थामा तपाईंले भिन्न किसिमको परीक्षण गराउन पनि सक्नुहुन्छ ।
तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमता नभए पनि सुबिधाको लागि आवेदन गर्न सक्नु हुन्छ, तर संक्रमण परीक्षण नगराउने छुट भने नपाउने सम्भावना रहन्छ ।
विद्यार्थी सुबिधा
यदि तपाईं विद्यार्थी हुनुहुन्छ र तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमताको कारणले सुबिधाको लागि आवेदन गर्न चाहनुहुन्छ भने, McBurney Disability Resource Center मा आवेदन गर्न सक्नुहुन्छ ।
यदि तपाईंले पहिले नै McBurney Disability Resource Center, सँग काम गर्नुभएको भए, त्यहाँका सल्लाहार सँग सम्पर्क गर्नुहोस् ।
यदि तपाईं म्याडिसनमै (क्याम्पस परिसरमा वा बाहिर) बस्नुहुन्छ भने पनि वसन्त सेमेस्टरको परीक्षण कार्यक्रममा अनिवार्य सहभागि हुनु पर्नेछ ।
यदि तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमता नभए पनि सुबिधाको लागि आवेदन गर्नु भएकोछ भने पनि परीक्षणमा छुट पाउने आशा नराख्नु उत्तम हुनेछ ।
यदि तपाईंमा स्वास्थ्य सम्बन्धि बाहेकका चिन्ता वा समस्या छन् भने Dean of Students Office मा dean@studentlife.wisc.edu सम्पर्क गर्नुहोस् । हामी सहायताको आवेदन माथि पुनर्विचार गर्नेछौँ, तर तपाईंले जनस्वास्थ्य रणनीति अनिवार्य पालना गर्नु पर्नेछ ।
कर्मचारी सुबिधा
यदि तपाईं कर्मचारी हुनुहुन्छ र तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमताको कारणले सुबिधा आवेदन गर्नु भएकोछ भने, आफ्नो Divisional Disability Representative (DDR) मा सम्पर्क गर्नुहोस् ।
यदि तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमता नभए पनि सुबिधाको लागि आवेदन गर्नु भएकोछ भने पनि परीक्षणमा छुट पाउने आशा नराख्नु उत्तम हुनेछ ।
यदि तपाईंमा स्वास्थ्य सम्बन्धि बाहेकका चिन्ता वा समस्या छन् भने, आफ्नो विभागीय मानव संसाधन प्रतिनिधिसँग सम्पर्क गर्नुहोस् । हामी सहायताको आवेदन माथि पुनर्विचार गर्नेछौँ, तर तपाईंले जनस्वास्थ्य रणनीति अनिवार्य पालना गर्नु पर्नेछ ।