COVID-19 परीक्षण र Safer Badgers app
वसन्त सेमेस्टरको बेला विश्वविद्यालयले क्याम्पस समुदायको सुरक्षा बढाउन नयाँ उपायहरू अपनाएको छ । यी उपायहरूले परीक्षणको व्यापकता र बारम्बारिता बढाउँदछन् र यी उपायहरू क्याम्पस पहुँचसँग जोडिएका छन् । जनवरी २५ देखि क्याम्पस सुविधाहरू र सेवाहरूको पहुँचको लागि परीक्षणको भर्खरको नेगेटिभ नतिजाहरूको प्रमाण आवश्यक पर्नेछन् ।
क्याम्पस परीक्षण र Safer Badgers app को बारेमा थप विवरणहरूको लागि तलको धेरै सोधिएका प्रश्नहरू हेर्नुहोला ।
ध्यान दिनुहोस्: तपाईंको परीक्षणको लागि कसरी तयारी गर्ने बारे महत्त्वपूर्ण जानकारीको लागि कृपया तलको प्रश्न 8 र 9 मा विशेष ध्यान दिनुहोस् । यी सुझावहरू पालना गर्नुभएमा प्रयोगशालाले तपाईंको परीक्षणलाई अस्वीकार गर्नबाट बच्न सहयोग गर्दछ ।
क्याम्पस सन्देशहरू
- बाहिरको सुरक्षा, कार्यक्रमहरू, खोप र अरू
- पोजिटिभ केसहरूको अपडेट, परीक्षण र खोप
- परीक्षण र खोपको अपडेट
- UW–Madison मा COVID-19 खोपको बारेमा तपाईंले थाहा पाउनु पर्ने जानकारी यहाँ छन्
- भवन पहुँच र परीक्षणको अपडेट
- भवन पहुँच प्रवर्तन बुधबार, फेब्रुअरी १० देखि शुरू हुने
- भवन पहुँचमा प्रतिबन्ध फेब्रुअरी ८ देखि प्रभावकारी हुने; परीक्षणका अपडेटहरू
- यो सन्देशमा समावेश छ: क्याम्पस परीक्षणको बारेमा महत्त्वपूर्ण अपडेट: आइतबार, जनवरी २४ देखि प्रभावकारी, क्याम्पस परीक्षण जहिले पनि जान मिल्ने (drop-in) मात्र हुनेछ ।
- सेमेस्टर शुरूवातको चेकलिस्ट
- विषय लाईन: Safer Badgers app अब Google Play Store मा उपलब्ध
- Safer Badgers उपकरण/फोन सेट-अप
Safer Badgers app र वसन्त सेमेस्टरको परीक्षण बारेमा महत्वपूर्ण प्रश्नहरू
This is an accordion element with a series of buttons that open and close related content panels.
1. प्राविधिक सहायताको लागि कसलाई सोध्नु पर्ला ?
UW–Madison को COVID-19 सहयोगि फोन नं. 608-262-7777 मा सम्पर्क गर्नुहोस् ।
Last updated 3:33 PM, January 22, 20212. राल वा थुक परीक्षण गर्न कति समय लाग्ला ?
यो परीक्षणलाई केही मिनेट मात्र लाग्छ ।
Last updated 3:34 PM, January 22, 20213. परीक्षणको नतिजा मैले कहिले पाउँनेछु ?
24 घण्टा भित्रमा परीक्षणको नतिजा पाउनुहुनेछ ।
Posted on 2:44 PM, January 22, 20214. मेरो परीक्षणको नतिजा कहाँ हेर्न सकिन्छ ?
Safer Badgers app र MyUHS portal मा तपाईंको नतिजा हेर्न सक्नु हुनेछ ।
Posted on 2:45 PM, January 22, 20215. Safer Badgers app ले मेरो स्वास्थ्य सम्बन्धि सूचनाको गोप्यता कायम राख्ला र ?
तपाईंको गोप्यता कायम राख्न हामी मेहेनत गर्दछौं ।
- Safer Badgers app ले तपाईंको यूजर नाम, पासवर्ड र विभिन्न तहको प्रमाणिकरण विधि अपनाएकोछ ।
- Safer Badgers app मा भएका तथ्याङ्कहरू गोप्य राखिएको (सुरक्षित गरिएको) हुन्छ ।
- तपाईंका स्वास्थ्य सम्बन्धि सूचनाको गोप्यता राख्न तलका नियमहरू पालना गरिन्छन्:
- HIPPA को गोप्यताका नियम ।
- पारिवारीक शिक्षा अधिकार र गोप्यता सम्बन्धि ऐन (FERPA) ।
- विस्कन्सिन राज्यका कानून ।
- अशक्तता भएका अमेरिकीहरूको ऐन (ADA) ।
- हामी तपाईंको स्वास्थ्य सम्बन्धि सूचना निम्न अवस्थामा मात्र अरूलाई दिइन्छ :
- App भित्र मात्र अनुमति दिइने (गोप्यताको नीति र उपयोगका शर्तहरूको सिमा भित्र) ।
- COVID-19 संक्रमण रोकथामको नियमको सिमा भित्र ।
6. म दोस्रो वा तेस्रो शिफ्टमा काम गर्छु । के मैले मेरो कामको समयमा क्याम्पसमा परीक्षण गर्न सक्छु ?
परीक्षण एउटा तलब पाउने गतिविधि हो र मिलेसम्म काम गर्ने समय भित्र गरिनु पर्दछ । कुनै परीक्षण स्थलहरूमा परीक्षण बिहान ६:३० बजेबाट शुरू भएर बेलुकी ७:३० बजे सम्म खुला रहन्छन् — परीक्षण स्थलहरूको समय र ठेगाना हेर्नुहोस् ।
तपाईंको कामको समयमा परीक्षण गर्ने बारेमा प्रश्नहरू भएमा, कृपया तपाईंको सुपरभाईजरसँग कुरा गर्नुहोला ।
Last updated 3:56 PM, January 26, 20217. मैले Safer Badgers app बाट म COVID-19 भएकासँग नजिकको सम्पर्कमा आएको भन्ने सूचना पाएँ । अब मैले के गर्नु पर्ला ?
- त्यो Safer Badgers app ले नै तपाईंलाई निर्देशन दिनेछ ।
- तपाईंलाई UW–Madison मा COVID-19 परीक्षण गर्न जान निर्देशन दिइनेछ ।
- तपाईंको Badger Badge र भवनहरूमा प्रवेश गर्ने अनुमति परिवर्तन हुनेछैन ।
- तपाईंसँग प्रश्न भएमा UW–Madison को COVID-19 सहायता फोन नं. 608-262-7777 मा सम्पर्क गर्नुहोस् ।
8. मेरो परीक्षणको नतिजा "अमान्य (invalid)”, "अनिर्णित (inconclusive)”, वा "अस्वीकृत (rejected)” देखियो । यो भनेको के हो ?
यदि तपाईंको यी मध्ये कुनै पनि नतिजा देखाएमा, तपाईंले अर्को परीक्षण गर्नै पर्दछ । जबसम्म तपाईंको मान्य परीक्षण नतिजा देखिँदैन, तबसम्म तपाईंको Badger Badge ले सहि सूचना देखाउँदैन ।
“अमान्य (invalid)”, “अनिर्णित (inconclusive)”, वा “अस्वीकृत (rejected)” परीक्षण भनेको तपाईंको थुक वा रालको संकलित नमूनाले काम गरेन । तपाईंले दिनुभएको नमूना अति थोरै, वा धेरै भएमा, वा नमूनामा प्रदूषण भएमा अथवा रंग परिवर्तन भएमा पनि यस्तो हुन सक्छ ।
यदि तपाईंले नमूना दिँदा 1 घण्टा भित्रमा केही खानु वा पिउनु भएको, दाँत सफा गरेको, मुख कुल्ला गर्ने झोल प्रयोग गरेको, धूम्रपान वा च्युगम चपाएको अवस्थामा थुक वा रालको नमूना प्रदूषित हुन सक्छ ।
थुकको सहि नमूना दिनको लागि तपाईंको परीक्षणको 1 घण्टा भित्रमा निम्न काम नगर्नुहोस्:
- खाना खाने ।
- पिउने (पानी पनि) ।
- च्युगम चपाउने ।
- दाँत मोल्ने वा माउथवासले कुल्ला गर्ने ।
- धूम्रपान गर्ने वा सूर्ति चपाउने ।
नमूना दिने 1 घण्टाको समय भित्र पानी पनि नपिउनुहोस्, 1 घण्टा पहिल्यै प्रशस्त पिउनुहोस् र 60 मिनेट अगाडि नै पानीले राम्रो सँग मुख कुल्ला गर्नुहोस् । यदि तपाईंको शरीरमा प्रशस्त पानीको मात्रा भएमा थुक वा रालको नमूना उत्तम हुनेछ ।
उदाहरणको लागि:
यदि नमूना संकलन समय दिउँसो 1 बजेको छ भने बिहान प्रशस्त पानी पिउनुहोस् र 12 बजे भन्दा अगाडि नै राम्रो सँग मुख कुल्ला गरेर 12 बजे पछि केही पनि खाने, पिउने, वा चबाउने नगर्नुहोस् ।
यदि तपाईंको नाकबाट नमूना लिइने हो भने, अपोईन्टमेन्टमा भनिएका निर्देशन पालना गर्नुहोस् ।
Last updated 3:37 PM, January 22, 20219. नमूना दिन प्रशस्त थुक वा राल जम्मा गर्न मलाई गाह्रो भयो । यस्तो अवस्थामा म के गरूँ ?
- नमूनाको लागि 1 देखि 5 मिलिलिटर थुक वा राल जम्मा पार्ने प्रयास गर्नुहोस् । परीक्षण स्थलमा दिइएको निर्देशन पालना गर्नुहोस् । नमूना संकलन ट्यूबमा मिलिलिटर संकेत दिइएको हुन्छ ।
- यदि तपाईंको शरीरमा पानीको मात्रा प्रशस्त छ भने, नमूना जम्मा पार्न गाह्रो हुने छैन ।
- नमूना संकलनको 60 मिनेट पहिले केही नपिउनुहोस्, तर त्यो भन्दा पहिल्यै प्रशस्त पानी पिउनुहोस् ।
- जब तपाईं परीक्षणको लागि जान थाल्नु हुन्छ, त्यो बेला देखि नै मुखमा थुक जम्मा गर्नुहोस् ।
- जाँच गर्ने समयमा चैँ,
- मलाई असाध्यै मन पर्ने खानेकुराको समझना गर्नुहोस् ।
- गीजालाई बिस्तारै मालिस गर्नुहोस् ।
- नमूना संकलन गर्न दिइएको ट्यूबमा तोकेको भन्दा धेरै थुक वा राल नभर्नु होस् ।
- यदि दिइएको ट्यूबमा तोके भन्दा बढी भरिएमा अर्को ट्यूब माग्नुहोस् र चाहिने जति मात्र जम्मा गर्नुहोस्।
10. यदि मैले आफैँ आवश्यकता पालना गर्न सकिन भने सहायताको लागि आवेदन गर्न सक्छु कि ?
यदि तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमता भएमा क्याम्पसमा नमूना संकलन/परीक्षण गर्न कठीन हुन सक्छ, यस्तो अवस्थामा तपाईं सहायताको लागि आवेदन गर्न सक्नु हुन्छ । यस्तो अवस्थामा तपाईंले भिन्न किसिमको परीक्षण गराउन पनि सक्नुहुन्छ ।
तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमता नभए पनि सुबिधाको लागि आवेदन गर्न सक्नु हुन्छ, तर संक्रमण परीक्षण नगराउने छुट भने नपाउने सम्भावना रहन्छ ।
विद्यार्थी सुबिधा
यदि तपाईं विद्यार्थी हुनुहुन्छ र तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमताको कारणले सुबिधाको लागि आवेदन गर्न चाहनुहुन्छ भने, McBurney Disability Resource Center मा आवेदन गर्न सक्नुहुन्छ ।
यदि तपाईंले पहिले नै McBurney Disability Resource Center, सँग काम गर्नुभएको भए, त्यहाँका सल्लाहार सँग सम्पर्क गर्नुहोस् ।
यदि तपाईं म्याडिसनमै (क्याम्पस परिसरमा वा बाहिर) बस्नुहुन्छ भने पनि वसन्त सेमेस्टरको परीक्षण कार्यक्रममा अनिवार्य सहभागि हुनु पर्नेछ ।
यदि तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमता नभए पनि सुबिधाको लागि आवेदन गर्नु भएकोछ भने पनि परीक्षणमा छुट पाउने आशा नराख्नु उत्तम हुनेछ ।
यदि तपाईंमा स्वास्थ्य सम्बन्धि बाहेकका चिन्ता वा समस्या छन् भने Dean of Students Office मा dean@studentlife.wisc.edu सम्पर्क गर्नुहोस् । हामी सहायताको आवेदन माथि पुनर्विचार गर्नेछौँ, तर तपाईंले जनस्वास्थ्य रणनीति अनिवार्य पालना गर्नु पर्नेछ ।
कर्मचारी सुबिधा
यदि तपाईं कर्मचारी हुनुहुन्छ र तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमताको कारणले सुबिधा आवेदन गर्नु भएकोछ भने, आफ्नो Divisional Disability Representative (DDR) मा सम्पर्क गर्नुहोस् ।
यदि तपाईंमा अन्तर्निहित स्वास्थ्य समस्या वा असक्षमता नभए पनि सुबिधाको लागि आवेदन गर्नु भएकोछ भने पनि परीक्षणमा छुट पाउने आशा नराख्नु उत्तम हुनेछ ।
यदि तपाईंमा स्वास्थ्य सम्बन्धि बाहेकका चिन्ता वा समस्या छन् भने, आफ्नो विभागीय मानव संसाधन प्रतिनिधिसँग सम्पर्क गर्नुहोस् । हामी सहायताको आवेदन माथि पुनर्विचार गर्नेछौँ, तर तपाईंले जनस्वास्थ्य रणनीति अनिवार्य पालना गर्नु पर्नेछ ।
Last updated 11:24 AM, January 29, 202111. के Safer Badgers app ले म रहेको वा भ्रमण गरेका स्थानको रेकर्ड राख्नेछ?
- यो app ले तपाईं रहेको वा भ्रमण गरेको स्थानको GPS (Global Positioning System) वा रेकर्ड गर्दैन ।
- यदि तपाईंले चाहनुहुन्छ भने यो app सेट गर्दा नै low energy Bluetooth proximity छान्न सक्नुहुन्छ ।
- यस्तो विशेषाताले तपाईंलाई COVID-19 संक्रमित व्यक्तिको नजिकमा रहनु भएको जानकारी दिनेछ ।
- यस्तो विशेषातालाई तपाईं जुन सुकै समयमा बन्द गर्न सक्नु हुनेछ ।
- सबै तथ्याङ्क अज्ञात वा गोप्य रहनेछन् ।
- यदि तपाईं COVID-19 संक्रमित हुनु भएमा, यस्तो सूचना कसले पायो भन्ने तपाईंलाई थाहा हुने छैन ।
- यदि तपाईं ले आफू संक्रमितको नजिक भएको सूचना पाउनु भएमा पनि कुन व्यक्ति संक्रमित हो, त्यो व्यक्तिको बारेमा थाहा पाउनु हुने छैन ।
12. मैले Safer Badgers app प्रयोग गरेको समयमा UW-Madison ले कसरी मेरो तथ्याङ्क र गोप्यता सुरक्षित राख्छ?
- UW-Madison ले तथ्याङ्क सुरक्षामा व्यवसायको “सर्वश्रेष्ठ अभ्यासहरू (best practices)” अपनाएकोछ ।
- UW-Madison तपाईंका व्यक्तिगत सूचनालाई नष्ट हुन नदिन, दुरूपयोग हुन नदिन, अनधिकृत प्रशारण हुन लदिन, वा परिवर्तन गर्न नदिन प्रयसरत रहनेछ ।
- UW-Madison ले कहिल्यै तपाईंको अनुमति बिना तपाईंका व्यक्तिगत गोप्य सूचना तपाईंका प्रदान गर्ने छैन ।
- तपाईंका व्यक्तिगत गोप्य सूचना तपाईंले Safer Badgers app हटाउने बित्तिकै हाम्रो server बाट मेटिने छन् ।
13. जब कुनै व्यक्ति COVID-19 संक्रमित हुन्छ, Safer Badgers app बाट (संक्रमित व्यक्ति बाहेक) कस-कसले यस्तो सूचना पाउँछन् ? कस्ता तथ्याङ्कहरू शेयर गरिन्छन्?
- University Health Services (UHS) ले तपाईंलाई Safer Badgers app वा वेबसाईटमा परीक्षण नतीजाको सूचना पठाउँनेछ ।
- तपाईंको फोन सम्म नपुगुन्जेल यो सूचना लुकाइएको (सूरक्षित गरिएको) हुन्छ ।
- यसरी गोप्य गरिएको परीक्षण नतीजाको सूचना तपाईंको तथ्याङ्क संग्रहमा सुरक्षित रहन्छ । यसरी तपाईंले अर्कै साधनमा वा website मा हेर्न सक्नु हुनेछ ।
- सूचनामा दिइएको परीक्षणको नतीजा तपाईंले मात्र पढ्न सक्नु हुनेछ ।
- Safer Badgers app ले तपाईंको COVID-19 परीक्षणको नतीजा कसैलाई पनि बाँड्ने छैन ।
- प्रयोगशालाहरूले COVID-19 परीक्षणको नतीजा Wisconsin Department of Health Services (DHS) लाई खुलासा गर्न कानूनी रूपमा नै बाध्य गरिएकोछ ।
- DHS ले dashboard मा परीक्षणको नतीजाहरू सारांशमा मात्र प्रकाशित गर्नेछ ।
- Dashboard मा तपाईंका व्यक्तिगत सूचना देखिने छैनन् ।
- यी तथ्याङ्कहरूले क्याम्पसमा हुने COVID-19 को संक्रमण व्यवस्थापन गर्न र भविष्यमा यसबारे अध्ययन अनुसन्धान गर्न सहयोग गर्नेछन् ।
14. “Contact tracing” भनेको के हो?
- “Contact tracing” एउटा सार्वजनिक स्वास्थ्य पद्धति हो ।
- सार्वजनिक स्वास्थ्य विभागका कर्मचारीले COVID-19 संक्रमितहरूको नजिक भएका व्यक्तिहरूको सूचि तयार गर्न अनुरोध गर्ने छन् ।
- सार्वजनिक स्वास्थ्य विभागका कर्मचारीले COVID-19 संक्रमितहरूको नजिक भएका व्यक्तिहरूलाई सम्पर्क गरि उनिहरूलाई COVID-19 परीक्षण गर्न, क्वारेन्टाइनमा रहन, उपचार गर्न, वा अन्य सुरक्षाका उपाय अपनाउन अनुरोध गर्नेछन् ।
- क्याम्पस परीक्षणको लागि University Health Services (UHS) ले “Contact tracing” को व्यवस्थापन गर्नेछ । UHS ले Public Health Madison and Dane County (PHMDC). PHMDC संग निकट सम्पर्कमा रहेर काम गरिरहेको छ । UHS ले उच्च सतर्कताको अवस्था (a “surge” situation) मा सहयोगिको भूमिका खेल्नेछ ।
- Safer Badgers app ले contact tracing गर्न सक्दैन किनकी यसले अरू Safer Badgers app प्रयोगकर्ताको पहिचान गर्न सक्दैन ।
15. “जोखिमको सूचना (exposure notification)” भनेको के हो? Safer Badgers app ले कसरी COVID-19 मामिला व्यवस्थापनमा “track-and-trace technology” को प्रयोग गर्नेछ?
- Safer Badgers app “track-and-trace technology” COVID-19 मामिला व्यवस्थापनमा प्रयोग गर्नेछ ।
- “Exposure notifications” ले तपाईं COVID-19 संक्रमित व्यक्तिको नजिक भएको सूचित गर्नेछ ।
- तपाईंले Safer Badgers app मा गएर “enable exposure notification” छान्न सक्नुहुनेछ ।
- तपाईंको फोनले तपाईं नजिक भएका व्यक्तिको सिग्नललाई (Bluetooth-emitted tokens) सुरक्षित गर्नेछ ।
- जब कुनै व्यक्तिले Safer Badgers app प्रयोग गर्छन्, यो app ले COVID-19 संक्रमित व्यक्तिको विगत 14 दिन सम्मको सूचना स्वत: सुक्षित database मा पठाउन वा अपलोड गर्न सक्छ ।
- तपाईंको फोनको Safer Badgers app ले यस्ता सूचना database बाट स्वत: डाउनलोड गरेर सुरक्षित गरिएका मिल्ने सूचना हेर्न सकिने बनाउँछ । (यदि तपाईं COVID-19 संक्रमितको नजिक हुनु भएको छ भने ।)
- यदि तपाईंको फोनले यस्ता मिलान भएका सूचना पाएमा, तपाईंलाई संक्रमितको नजिक भएको मेसेज पठाउँछ ।
- यस्तो संक्रमितको नजिक भएको मेसेज तपाईंले मात्रै पाउँनुहुनेछ ।
- संक्रमितको नजिक भएको सामान्य तथ्याङ्क मात्र UHS पठाईन्छ, यसमा कुनै व्यक्तिको गोप्य सूचना समावेश हुँदैन ।
- Safer Badgers app ले कहिले पनि GPS वा geolocation पछ्याउने वा स्थान रेकर्ड राख्ने छैन ।
COVID-19 सहायता लाईन
COVID-19 परीक्षणको बारेमा, Safer Badgers app, DoIT बाट प्राविधिक सहायता र UW–Madison COVID-19 कार्यक्रमको कुनै पनि अरू कुराको प्रश्नहरूको बारेमा 608-262-7777 मा फोन गर्नुहोला ।
- भाषा अनुवाद सहायता: तपाईंले COVID-19 सहायता लाईनमा फोन गर्दा, #9 मा थिच्नुहोला र तपाईंले बोल्ने भाषा बताउनुहोला । तपाईंलाई दोभाषे र COVID-19 सहायता लाईनको प्रतिनिधिको साथ कुरा गराइनेछ, वा कसैले तपाईंलाई दोभाषेको साथ सहयोग पुर्याउन सम्पर्क गर्नेछ ।
- खुला हुने समय:
- सोमबार – शुक्रबार: बिहान ८ बजे देखि बेलुकी ७ बजे सम्म
- शनिबार – आइतबार: बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्म
सम्मानको बयान
UW–Madison समुदायका सबै सदस्यहरूले स्वागत, महत्त्वपूर्ण र सुरक्षित महसुस गर्न योग्य छन् । हामी सताई र भेदभावलाई सहँदैनौं, र जातीय भेदभावका व्यवहारहरू र stereotyping UW–Madison का मान्यताहरूसँग अनुचित छन् । Office of Compliance र Dean of Students Office ले विद्यार्थी, संकाय र कर्मचारीहरूका लागि संसाधन र रिपोर्ट गर्ने उपायहरू प्रदान गर्दछन् ।