COVID-19 को खोपहरूले तपाईंलाई COVID-19 लाग्नबाट बचाउँदछन् । तपाईंले COVID-19 खोपहरू लगाउनु भएर अपडेटमा रहन महत्त्वपूर्ण छ ।
यसमा बूस्टर खोप लगाउने कुरा समावेश छ यदि:
- तपाईंले Pfizer वा Moderna खोपको दोस्रो खोप लगाउनु भएको ५ महिना कटिसकेको वा
- तपाईंले Johnson & Johnson को पहिलो खोप लगाउनु भएको २ महिना कटिसकेको छ ।
तपाईंमा केही अन्य असरहरू (side effects) देखिन सक्दछन्—जुन तपाईंको शरीरले सुरक्षा निर्माण गरिरहेको सामान्य सङ्केतहरू हुन्—र ती केही दिन पछि हट्नेछन् ।
खोप #२ र बूस्टर खोप लगाउनु भएपछि
- MyUHS को वेबसाईट, myuhs.uhs.wisc.edu मा गएर तपाईंको दोस्रो खोपको ला गि समय बनाउनुहोस् । “Appointments” छनौट गरेर “Dose 2” रोज्नुहोस् ।
- तपाईंको पाखुरा दुख्न सक्दछ (प्राय मान्छेहरूलाई दुख्छ!) ।
- V-Safe मा साईन अप गर्ने विचार गर्नुहोला, जुन एउटा स्मार्टफोनमा आधारित प्रोग्राम हो जसले तपाईंको COVID-19 खोपको अन्य असरहरूको बारेमा जानकारी प्रदान गर्दछ । यसले दैनिक एउटा टेक्स्ट मेसेज पठाउँदछ र साईन अप गर्न एक मिनेट भन्दा कम लाग्दछ: vsafe.cdc.gov । तपाईंको व्यक्तिगत जानकारी गोप्य छन् ।
COVID-19 को सबै खोपहरू लगाउनु भएपछि
- मास्क लगाउन जारी राख्नुहोला
- हात धुनुहोला
- भौतिक दूरी कायम राख्नुहोला
- तपाईंमा COVID-19 का लक्षणहरू देखिएमा वा COVID-19 लागेको कसैको नजिकको सम्पर्कमा आउनु भएमा परीक्षण गर्नुहोला ।
तपाईंले पहिलो खोप, दोस्रो खोप, वा बूस्टर खोप लगाउनु भएपछि एक वा केही अन्य असरहरू अनुभव गर्न सक्नुहुन्छ । यदि तपाईंलाई Pfizer-BioNTech वा Moderna खोपहरू लगाउन भनिएको छ भने, तपाईंले आफ्नो पहिलो खोपको श्रृंखला पूरा गर्न दुईवटा खोपहरू लगाउनुपर्दछ । स्वास्थ्य सेवा प्रदायकले दोस्रो खोप नलगाउनु नभन्दासम्म पहिलो खोप पछि अन्य असरहरू अनुभव गर्नु भएपनि दोस्रो खोप लगाउनुहोला ।
दुईवटै खोप पछि
मास्क लगाउन, हात धुन, भौतिक दूरी कायम राख्न, र नियमित रूपमा परीक्षण गर्न जारी राख्नुहोला । हाम्रो समुदायमा हामीले ‘सामूहिक प्रतिरोध क्षमता (herd immunity)’ हासिल गर्नका लागि कम्तिमा १० जना मध्य ७ जनाले COVID-19 को खोपहरू लगाएको हुनु पर्दछ । यसको मतलब खोप लिन नसक्ने समूह, जस्तै कि शिशुहरू, रोग लाग्नबाट सुरक्षित रहनेछन् । यो हासिल गर्न अझै धेरै महिनाहरू बाँकी छन् ।
तपाईंले पहिलो, दोस्रो, वा दुबै खोप लगाउनु भएपछि यी मध्य एक वा अरू अन्य असरहरू अनुभव गर्न सक्नुहुँदछ । यदि तपाईंलाई Pfizer-BioNTech वा Moderna का खोपहरू प्रदान गरिएको छ भने, तपाईंले पूरा सुरक्षा पाउनको लागि दुईवटै खोपहरू लगाउनु पर्नेछ । स्वास्थ्य सेवा प्रदायकले दोस्रो खोप नलिनु नभनेसम्म पहिलो खोप लगाउँदा अन्य असरहरू अनुभव गर्नुभएतापनि दोस्रो खोप लगाउनुहोला ।
सम्भव अन्य असरहरू
- पाखुरामा सुई हानेको ठाउँमा दुख्ने वा सुन्निने
- ज्वरो
- चिसो लाग्ने
- थकान
- टाउको दुख्ने
दुखाई वा असुविधा कम गर्नका लागि
- Ibuprofen वा acetaminophen जस्ता दुखाई र ज्वरोका औषधि लिनुहोला
- प्रशस्त पानी वा caffeine वा रक्सी नहालेको अन्य पेय पदार्थहरू पिउनुहोला
- तपाईंको पाखुरामा सफा, चिसो, भिजेको रुमाल राख्नुहोला
- हात चलाउनुहोला वा हातको व्यायाम गर्नुहोला
स्वास्थ्य सेवा प्रदायकलाई कहिले सम्पर्क गर्ने
प्राय केसहरूमा ज्वरो वा दुखाईका कारण असुविधा हुनु सामान्य हो । तपाईंको स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्नुहोला यदि:
- तपाईंले खोप लगाउनु भएको ठाउँमा २४ घण्टा पछि डाम बस्ने र कोमलता बढ्ने ।
- अन्य असरहरूले तपाईंलाई चिन्तित बनाएको छ वा ती असरहरू केही दिन पछि निको भएका छैनन् ।