कर्मचारीहरू,
खोप लगाउने निर्णय बनाउनु भएको सबैलाई धन्यबाद छ । हामीलाई थाहा छ कि खोप लगाउनु भनेको हामी आफैंलाई र हाम्रो समुदायलाई COVID-19 को सङ्क्रमणबाट जोगाउन, रोगलाई सीमित बनाउन परीक्षण गर्ने र अन्य कदम चाल्ने आवश्यकतालाई कम गर्न र विश्वव्यापी महामारी अघि जस्तै क्याम्पसमा रमाइलो गर्ने उत्तम उपाय हो ।
यदि तपाईंले अहिलेसम्म खोप लगाउनु भएको छैन भने, UHS ले तपाईंलाई यसो गर्न सजिलो बनाउन चाहन्छ । अहिले क्याम्पसमा तीन प्रकारका खोप उपलब्ध छन्: Pfizer, Moderna र Johnson and Johnson । तपाईंले समय पनि बनाउनु पर्दैन । तपाईं सोमबार देखि शुक्रबार बिहान ८:३० बजे देखि ४:३० बजेसम्म Nicholas Recreation Center मा जान सक्नुहुन्छ । Lot 46 मा पार्किङ्ग छ । खोपको क्लिनिकमा तपाईंले अनुवादकको सेवा पनि अनुरोध गर्न सक्नुहुन्छ ।
कृपया कामको समय भन्दा बाहिर क्याम्पसमा खोप लगाउँदै हुनुहुन्छ भने सुपरभाईजरसँग कुरा गर्नुहोला ।
यदि तपाईंले क्याम्पस बाहिर खोप लगाउनु भएको छ भने, कृपया खोपको रेकर्ड यी निर्देशनहरूका साथ UHS सँग साझेदारी गर्नुहोला: go.wisc.edu/uploadvaccine
UHS ले तपाईंको परिवारका सदस्यहरूलाई पनि खोपहरू प्रदान गर्न सक्दछ, जसमा १६ वा १७ वर्षका, र सोमबार मे १७ देखि, १२ वर्ष भन्दा माथिका पनि समावेश हुनेछन् । किनकि Pfizer खोप १२ देखि १७ वर्षसम्मका व्यक्तिहरूलाई मात्र उपलब्ध छ, खोप लगाउने समय बनाउँदा ठीक हुँदछ । covidresponse.wisc.edu/covid-19-vaccine-information/#community-vaccination वेबसाईट हेर्नुहोला । UW–Madison का विद्यार्थी वा कर्मचारी हैनन् भने, १८ वर्ष मुनिकासँग एकजना अभिभावक हुनै पर्दछ । सबै खोपहरू नि:शुल्क हुन् र तपाईंले केही परिचय पत्र देखाउनु पर्दैन ।
खोपहरूको बारेमा वा तपाईंको खोपको रेकर्डहरू अपलोड गर्ने बारेमा प्रश्नहरू छन् भने, तपाईंले UHS को नर्स लाईन (अङ्ग्रेजी) 608-265-5600 मा, वा भाषाको सहायता चाइहेमा, सांस्कृतिक भाषागत सेवामा फोन गर्न सक्नुहुन्छ:
ESPAÑOL / SPANISH: (608) 265-0838
HMOOB / HMONG: (608) 263-2217
བོད་ཡིག / TIBETAN: (608) 890-2545
中文 / CHINESE: (608) 890-2628
नेपाली / NEPALI: (608) 262-7521